प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्ने कानुन व्यवसायीसँग वार्तामा बार

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागको विरुद्ध प्रदर्शन गर्ने अधिवक्ताहरूसँग वार्ता सुरु गरेको छ। बारकै निर्णयविरुद्ध वकिलहरूको प्रदर्शनपछि बारले असन्तुष्ट समूहसँग वार्ता थालेको हो।

बारले आज आइतबार बिहान १० देखि ११ बजेसम्म गरेको धर्ना कार्यक्रमलाई काउन्टर दिँदै सोही समयमा राजीनामा मागको विरोधमा एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको थियो। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको हो।

प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्नेहरूले संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति उनीहरूले असहमति राखेका हुन्।

राजीनामाबाहेकका मागमा सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरेका थिए । अहिले बारका पदाधिकारीहरू र असन्तुष्ट कानुन व्यवसायीबीच छलफल जारी रहेको बारले जनाएको छ।

सुझावित समाचार