यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट हुँदा ६ जनाको मृत्यु, कैयौँ घाइते

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ। त्यहाँ अन्य कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्वारमा रोकिराखेको एक बसमा बम राखिएको पाइएको छ।

घाइते भएकाहरूलाई अस्पताल पुर्याइएको छ। त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरू कैयौँ सवारीसाधनमा पनि क्षति पुगेको थियो। सो बम विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन। तैपनि यहाँ हुथी विद्रोहीहरू यस्ता हिंसामा संलग्न भई आएकोले सुरक्षा निकायहरूले सोही समूहमाथि नै आशंका गरेका छन्।

See More On

सुझावित समाचार