नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पछिल्लो समय न्यायपालिकामा देखिएको खटपटले संस्थाको गरिमा धुलिसात पारेको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत पौडेलले यस्तो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पछिल्लो समय न्यायपालिकामा भइरहेको खटपटीले यस संस्थाको गरिमालाई धुलिसात पारिदिएको छ। न्यायालयलाई विवादमा पार्ने र यसको गरिमा घटाउने काम कसैबाट हुनुहुँदैन। त्यसैले न्यायाधीश नियुक्ति गर्ने राजनीतिक परिपाटीको अन्त्य हुन आवश्यक छ।
न्यायालयको संवेदनशीलता बुझ्न नसक्नेहरूबाट यसको सही नेतृत्व हुन सक्दैन। उच्च नैतिक र सर्वस्वीकार्य न्यायालय बनाउन सबैले गम्भीर भएर सोचौँ ।’