प्रधानसेनापति शर्मा भारत जॉदै

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ देखि २६ सम्म भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ । उनको यो पहिलो विदेश भ्रमण हो। 

भारतीय समकक्षी मनोजमुकुन्द नरवणेको निम्तोमा उनी जान लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनलाई भारतीय सेनाको मानार्थ प्रधानसेनापतिका रूपमा राष्ट्रपति रामनाथ कोविन्दबाट सुशोभन गर्ने कार्यक्रम छ । 

सुझावित समाचार