स्वायत्त निकायमा ओलीले अनावश्यक बखेडा झिकिरहेका छन् : अध्यक्ष नेपाल

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जथाभावी आक्रोश पोखिरहेको बताएका छन्। बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘मलाई ओलीको चर्चा गर्नु छैन। उहाँ अहिले जथाभावी आक्रोश पोख्दै हुनुहुन्छ,’ नेपालले भने, ‘स्वायत्त निकायमा ओलीले अनावश्यक बखेडा झिकिरहेका छन्,’ उनले भने। 

आफूहरूले बनाएको पार्टी ओलीले कब्जा गर्न खोजेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको उनले बताए। पार्टीले नयाँ कीर्तिमान कायम गरेको बताउँदै नेपालले सुदूरपश्चिम प्रदेश संसदीय दलमा पार्टी पहिलो बनेको बताए। ‘हामी सुदूरपश्चिम प्रदेशमा पहिलो, माओवादी दोस्रो, कांग्रेस तेस्रो र केपी ओली त त्यो भन्दा तलतल।’

अध्यक्ष नेपालले बादशाहलाई घोडाबाट झारेको भन्दै ओलीप्रति कटाक्ष गरे। उनले ओलीप्रवृत्ति कम्युनिस्ट आन्दोलनको विरुद्धमा रहेको बताउँदै यस्तो विचलनविरुद्धमा दृढताका साथ नेता–कार्यकर्ताले साथ दिएकाले नयाँ पार्टी बनेको बताए। उनले चुनावमा होमिनसमेत कार्यकर्तालाई निर्देशन दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले बाढीपीडितलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै बाढीपीडित जनतालाई सहयोग गर्न कार्यकर्ताहरूलाई समेत निर्देशन दिए।

सुझावित समाचार