केएनपीको ब्युटी गोल्ड वासेबल पेन्ट बजारमा

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

जापानको हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्युटी गोल्ड वासेवल ल्याएको छ । नेपालका घरलाई लक्षित गरेर भित्तामा लागेका दागलाई सफा गर्न सकिने गुणस्तरको रङ ल्याएको हो ।  

आर्कषक चमक रहेको यस एन्टी ब्याक्टेरियल केएनपी ब्युटी गोल्ड वासेवलमा ग्राहकले कम रङमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्ने कम्पनीले दाबी गरेको छ । पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्यधिक रूपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागसमेत हटाउने क्षमता राखी भित्तालाई वर्षौँसम्म नयाँजस्तै राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

 सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको जनाएको छ । 

सुझावित समाचार