फोक्सुन्डाे ताल जाने क्रममा सुलिगार्ड खोलामा खसेर एकजना बेपत्ता

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुन्डाे ताल भ्रमण गर्न जाने क्रममा सुलिगार्ड खोलामा खसेर एक युवती बेपत्ता भएकी छिन्। दुनैबाट पैदल हिँडेर फोक्सुन्डाे जाने क्रममा शे–फोक्सुन्डाे गाउँपालिका– ९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बिहान करिब १० बजे सुलिगार्ड खोलामा खसेर ठुलीभेरी नगरपालिका– ३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना र आफन्त मिलेर खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार