अफगानिस्तानले चालू विश्वकपमा तहल्का मचाइरहेको छ । पहिलो चरणमा स्तब्ध नतिजा निकालेको अफगानिस्तानले सुपर १२ मा पनि त्यही नतिजा पछ्याइरहेको छ ।
सुपर १२ को आफ्नो पहिलो खेलमै अफगानिस्तानले स्कटल्यान्डलाई एक सय ३० रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै अफगानिस्तान समूह २ को शीर्ष स्थानमा पुगेको छ । यस समूहमा पाकिस्तान दुई अंकका साथ दोस्रो स्थानमा छ ।
अफगानिस्तान र पाकिस्तानले समान दुई अंक जोडेका छन् । तर, रनरेटमा अफगानिस्तान राम्रो छ । सारजहाँ मैदानमा अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर एक सय ९० रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा स्कटल्यान्ड १०.२ ओभरमा ६० रनमै अलआउट भयो ।