दलित समुदायलक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृहको निर्देशन

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

दलित समुदायलक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयमातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र समान सेवा प्रदान गर्न ‘हेल्प डेस्क’ स्थापना गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका हुन्।

मन्त्री खाणको निर्देशनपछि गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको छ। त्यस्तै, प्रधान कार्यालय नक्सालमार्फत मातहतका प्रहरी कार्यालयमा पनि हेल्प डेक्स स्थापना गर्न निर्देशन दिइएको छ। सार्वजनिक सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र ससम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि ‘हेल्प डेस्क’ स्थापना गरिएको हो। ‘हेल्प डेस्क’बाट दलित अधिकार, सेवा सुविधा र उनीहरूका गुनासोको सुनुवाइ हुने बताइएको छ।

सुझावित समाचार