न्यायपरिषदमा गरिएको परीक्षणको चपेटामा न्यायपालिकालाई पारियो : न्यायाधीश समाज

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

बहालवाला न्यायाधीशहरूको समूह न्यायाधीश समाज नेपालले  न्यायपालिकालाई न्यायपरिषद्को संरचना र व्यवस्थापनलगायतका विषयमा गरिएको परीक्षणको चपेटामा पारिएको प्रतिक्रिया दिएको छ। सात बुँदे विज्ञप्ति जारी गर्दै समाजले यस्तो प्रतिक्रिया दिएको हो।

‘...न्यायपरिषद्को संरचना निर्माणदेखि यसका कामकारबाही, क्रियाकलाप तथा अदालत एवं मुद्दा व्यवस्थापनका विविध पक्षमा गरिएको प्रयोग तथा परीक्षणको चपेटामा न्यायपालिकालाई पारिएको छ र पार्न खोजिएको छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ,’ समाजको तर्फबाट उपाध्यक्ष बाबुराम रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। समाजले न्यायीक निष्पक्षतमा प्रश्न उठ्नु, भागबण्डाको आरोप लाग्नु जस्ता विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ। 

‘विगत केही समयदेखि न्यायपालिका र न्यायिक नेतृत्वको सम्बन्धमा उठाइएका प्रश्न, हुने गरेका आलोचना र विभिन्न कोणबाट हुने गरेका प्रश्न, आलोचना र विभिन्न कोणबाट व्यक्ति गरिएका सरोकारप्रति हामी चिन्तित छौं र ती कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार