हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । डाँडाकाँडा मखमली र सयपत्री फुलेर रंगीन बनेका छन् । तिहारमा आफ्ना दाजुभाइलाई दिदीबहिनीले दीर्घायुको कामना गर्दै सप्तरंगी टीकासहित मखमली र सयपत्रीको माला लगाउने प्रचलन रहेको छ । तिहारलाई फूलैफूलको पर्व मानिन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ गुन्दुका किसानहरू यतिवेला बारीमा फुलेका मखमली फूल टिप्न व्यस्त छन् । हरेक वर्षको तिहारका त्यहाँका स्थानीयले मखमली फूलको माला गाँसेर उपत्यकाको विभिन्न ठाउँमा बिक्री गर्दै आएका छन् । त्यहाँ पुग्दा हामीले जे देख्यौँ :









