मेरापिक गएर फर्केका एक भरियाको मृत्यु

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

मेरापिक गएर फर्केका एक भरियाको ठाङनाकमा मृत्यु भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवस्थित मेरा आरोहण दलमा खारे पुगेका महाकुलुङ– ५ चाचालुङका २८ वर्षीय जीवन कुलुङको बुधबार ठाङनाकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक कुलुङ खारेमा बिरामी परेपछि (पर्यटकका लागि एक क्याम्प मानिने तल्लो क्षेत्र) ठाङनाक आइपुगेका थिए। खारेका होटेल व्यवसायीका अनुसार उनी मेरा आरोहण दलमा हाइक्याम्पसम्म आवास सामग्री बोकेर पुगेका थिए।

क्याम्पबाट फर्केपछि खारेमा उनी बिरामी परेका थिए। उनी कुन आरोहण टोलीमा भरियाका रूपमा मेरा पुगेका थिए भन्ने खुल्न बाँकी रहेको छ।

See More On

सुझावित समाचार