नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि निरन्तर धर्ना

सोमबार, १ कार्तिक, २०७८
डिजिटल संस्करण
नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि निरन्तर धर्ना

फाइल फोटो।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरूको  धर्ना ११ दिनदेखि जारी  छ। पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडित पक्षका १५ जना तथा महिला अधिकारकर्मीहरूले माइतीघरमा धर्ना दिएका हुन्।

पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्। न्यायका लागि रुवि खानलगायतको टोली आमरण अनशन बसेको ११ दिन भइसक्दासमेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रीय सदस्य सकिना तेलीले बताइन्।

बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिए पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गते नेपालगन्जबाट पैदल यात्रा गरेका थिए। दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै उनीहरूले निरन्तर माइतीघर मण्डलामा धर्ना गरिरहेका छन्।

सुझावित समाचार