वर्षा र बाढीबाट भारतमा १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ। अरू दर्जनौँ व्यक्ति बेपत्ता भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ। पहिरोमा परेर दजैनौँ व्यक्ति बेपत्ता भएका छन्। केरलाको इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ। 

कोट्याम जिल्लामा बाढीले बढी क्षति पुर्याएको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश यहीँका स्थानीय रहेकाे बताइएको छ। यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ। बाढीका कारण कतिपय स्थानीय सडकहरू अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरूले आइतबार दिनभर वर्षा कायमै रहने बताएका छन् । रासस

See More On

सुझावित समाचार