सिराहामा एक युवकको शव इनारमा फेला

शनिबार, ३० असोज, २०७८
डिजिटल संस्करण

सिराहामा एक युवकको शव इनारमा फेला परेको छ। सिराहाको नरहा गाउँपालिका- ३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो।

मृतक गोलव.बजार नगरपालिका– ८ का १८ वर्षीय शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। गएराति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका महतोको शव इनारमा फेला परेको हो।

नाच हेरेर घर नआएपछि खोजतलास गर्ने क्रममा  महतोको इनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। मृतकको शव इनारबाट बाहिर निकालिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्। स्रोतका अनुसार नाच हेर्न पुगेका वेला दुई युवा समूहबीचमा विवाद भएको थियो। 

सुझावित समाचार