एकीकृत समाजवादी र नेकपा (एकीकृत)बीच पार्टी एकीकरण, चुनाव चिह्न कलम

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण
एकीकृत समाजवादी र नेकपा (एकीकृत)बीच पार्टी एकीकरण, चुनाव चिह्न कलम

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राई। तस्बिर : जीवन राईको फेसबुकबाट

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)बीच पार्टी एकीकरण भएको छ। दुवै पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएको पार्टी एकीकरणको सम्झौतापत्रमा उल्लेख गरिएको छ।

एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहनेछ भने चुनाव चिह्न कलम हुनेछ। नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो भने नेकपा (एकीकृत समाजवादी)ले भने चुनाव चिह्नको टुंगो लगाइसकेको थिएन।

पार्टीको झन्डा कम्युनिस्ट पार्टीको परम्पराअनुरूप रातो पृष्ठभूमिमाथि बायाँपट्टि हँसिया–हथौडाअंकित रहनेछ। गत असोज ६ गते सम्झौतापत्रमा हस्ताक्षर भए पनि सम्झौतापत्र आज शुक्रबार मात्रै सार्वजनिक भएको हो।

सुझावित समाचार