जम्मु कस्मिरमा पाकिस्तान निर्मित लागुऔषध बरामद

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

भारतीय सुरक्षाकर्मीले जम्मु कस्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी)नजिकैको उरी क्षेत्रमा पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध बरामद गरेका छन् । समाचार संस्था एएनआईका अनुसार हिरोइनजस्तो लागुऔषध बरामद भएको जम्मुकस्मिर प्रहरीले जनाएको छ । लागुऔषध यही साता बरामद भएको प्रहरीले जनाएको छ । 

बरमुल्लास्थित प्रहरी एसएसपी रयेस मोहम्मद भाटका अनुसार लागुऔषध करिब २५ करोड भारतीय रुपैयाँमा कालोबजारी हुँदै आएको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।

घटनास्थल पुगेका प्रहरीले पाकिस्तान निर्मित झोला र कार्टुनसमेत फेला पारेको र ३० केजी प्रतिबन्धित वस्तुसमेत रहेको एसएसपी भाटले एएनआइलाई बताएका छन् । यो घटनाबारे प्रहरीले भारतीय सेनासमेतको संलग्नतामा अनुसन्धान सुरु गरेको छ । सुरुमा सेनाले फेला पारेका सामान प्रहरीलाई थप अनुसन्धानका लागि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

सुझावित समाचार