कांग्रेसले यस वर्ष चियापान नगर्ने

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित भएको बताए । 

कोरोना महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए । 

पौडेलले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपिल पनि गरेका छन् । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु सबैको कर्तव्य भएको भन्दै उनले महामारीमाथि विजय हासिल गर्न सफल हुने विश्वाससमेत लिएका छन् ।

सुझावित समाचार