बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर ०७६ माघ २९ मा रिट दर्ता गराएका थिए।
रिटमा बालुवाटार प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गरेर मुद्दा चलाउन माग गरिएको छ।