कांग्रेस नगर अधिवेशन : काठमाडौं महानगरमा शाक्यको प्यानलै विजयी (मतसहित)

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सात सय ८६ मत ल्याएर शाक्य निर्वाचित भएका हुन् । 

उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले तीन सय २९ मत ल्याए । अन्य पदाधिकारीतर्फ समेत शाक्यको प्यानल नै विजयी भएको छ । 

उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुसन बैद्य र पुरुषोतम खकुरेल विजयी भएका छन् । त्यस्तै सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् । 

शाक्यको जितसँगै महानगरमा कांग्रेस संस्थापन इतर (प्रकाशमान सिंह–गगन थापा) समूहले बाजी मारेको छ ।

सुझावित समाचार