साउदी अरेबिया छिर्न खोज्ने सात यमनी आप्रवासी साउदी अरेबियाको सीमाक्षेत्रमा मारिएका छन्। जबर्जस्ती साउदी अरेबिया छिर्न खोज्दा सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रवासीहरू मारिएका बताइएको छ। शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन्।
सीमामा पर्ने सो उपत्यकाबाट उनीहरू साउदी अरेबिया जान खोज्दै थिए। त्यसक्रममा अन्य २१ जना घाइते भएका समाचार संस्था सिन्ह्वाले जनाएको छ। घाइतेहरूलाई यमनी अस्पतालमा पुर्यायाइएको छ। उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासी र प्रहरीबीच केही दिनयता भिडन्तहरू हुँदै आएका छन्।