हुम्लामा कांग्रेसको समानान्तर कमिटी गठन

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

हुम्लामा कांग्रेस विभाजन भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै हुम्लामा कांग्रेस विभाजन भएकाे हाे ।  मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेको भन्दै पौडेल समूहले  समानान्तर कमिटी गठन गरेको हो । हुम्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हाे ।  

कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले जानकारी दिइन् । सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले निर्वाचन क्षेत्र (क) प्रदेशमा फर्जी मतदान भएको दुखेसो गरिन् ।  फर्जी मतदान गरेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेको सांसद शाहीको  भनाइ छ ।

 पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।  फर्जी मतदानको कुनै सुनुवाइ भएन भने गाँउ,वडा  र जिल्लामा पनि  समानान्तर कमिटी गठन गर्न बाध्य हुने पौडेल समूहको भनाइ छ । 

सुझावित समाचार