राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरूप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामर्थ्य आकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छिन्। जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार शुभारम्भ गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।
राष्ट्रपति भण्डारीले मुलुकको सर्वांणीण रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गनुपर्ने बताइन्। उनले भनिन्, “जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्याउनुपर्छ।”
कार्यक्रममा महासंघकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासंघले गरेका विविध कार्यबारे जानकारी दिइन्।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासंघले प्रकाशित गरेको पुस्तक लोकार्षण गरिन्।