गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका– ६ मा सडक अवरुद्ध पारे। यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरूको तर्क थियो। नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो। सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए।
नगरप्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजंग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे। जनताको मतबाट चुनिएका नगरप्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो। स्थानीय नौबिसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षातमा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए। विरोधको नेतृत्व गरिरहेका युवाहरू र जनप्रतिनिधिबीच केहीबेर सवालजवाफ नै चल्यो। यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो।
प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस गर्यो। युवाहरूले मानेनन्। नगरप्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे। अन्ततः नगरप्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सकेनन्। उनी आएपछि जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भएपछि वातावरण केही सङ्लियो। उक्त सडक यथाशीघ्र मर्मत, सुधार र दसैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए।
अपराह्न ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो। यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ ?’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए। सडकमा गरालो तेर्स्याएर उनीहरूले यातायात सञ्चालनमा रोक लगाएका थिए। विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरूको उद्देश्य रहेको बताए।
‘सुरुमा हामी युवाहरू निस्कियौँ, पछि स्वतःस्फुर्त रूपमा स्थानीयवासी जुट्नुभयो,’ उनले भने, ‘वर्षौँसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो।’ नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दुःखद रहेको स्थानीयवासीको गुनासो छ। उक्त सडक भएर यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ।
वडा नं. ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो। वर्षायाममा त सडक हिलाम्मे भई क्षतविक्षत नै हुने गरेको छ। सो सडक हटियादेखि, हरिचौर–ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडकअन्तर्गत पर्छ।
स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौंका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताए। उनका अनुसार तत्काललाई गिटी–रोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ। ‘दसैँपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाहरूकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्योबापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ।’
वडाध्यक्ष खत्रीले सडक बिग्रेर सास्ती दिन थालेपछि दसैँअगावै मर्मतका लागि नगरपालिकाले योजना बनाएको बताए। उनले भने, ‘स्थानीयवासीले पनि झकझक्याउनुभयो, यसलाई अन्यथा लिएका छैनौँ, बरु, सडक बन्द नगरी अन्य विकल्प अपनाएर विरोध जनाएको भए हुन्थ्यो भन्ने हाम्रो सुझाब रह्यो।’
ठेकेदार कम्पनीले ०७८ कात्तिकभित्रमा काम सक्ने गरी रु. २४ करोड ७८ लाख ८४ हजारमा सो सडक बनाउने जिम्मा पाएको थियो। निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुनः विरोधमा उत्रने स्थानीयवासीले बताएका छन्। रासस
मेयरज्यू ! बाटो कहिले बन्छ ?
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
४ हप्ता अघि
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…