मनास्लु हिमाल आरोहणका क्रममा एक क्यानडियन नागरिकको मृत्यु

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक विदेशी नागरिकको मंगलबार मृत्यु भएको छ। मनास्लु हिमाल चढ्ने क्रममा क्याम्प फोरभन्दा एक सय मिटरमाथि क्यानडाका नागरिक ब्रेन्ट सेल अचानक ढली बेहोस भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतकको शव बोकेर मनास्लु बेस क्यापसम्म ल्याइएको र हेलिकाेप्टरबाट आर्खेत ल्याई पोस्टमार्टमका लागि  काठमाडौं पठाइएको डिएसपी प्रकाश दाहालले बताए । सेल मंगलबार बेहोस भएर ढलेको र बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए । 

दाहालका अनुसार मृतकको शव कैलाश एयरको हेलिकप्टरमार्फत प्रहरी चौकी आर्खेतमा ल्याएको थियो । स्नो होराइजन नामको कम्पनीबाट स्वीकृत लिएर हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए । ट्याग नेपाल ट्रेकिङ कम्पनीले जानकारी गराएपछि मात्र उक्त घटनाको बारेमा थाहा भएको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार