संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता भएको छ। मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको हो।
मञ्चका पदाधिकारीले प्रधानन्यायाधीश जबराका साथै न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र मनोज शर्मालगायतसँग भेटवार्ता गरेको अध्यक्ष त्रिपाठीले नयाँ पत्रिकालाई जानकारी दिए।
भेटमा अदालतमा रहेको विभिन्न समस्या र विविध संवैधानिक विषयमा छलफल भएको मञ्चले जानकारी दिएको छ। ‘भेटमा न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयन गर्न ध्यानाकर्षण गरायौँ,’ अध्यक्ष त्रिपाठीले भने, ‘संवैधानिक इजलासमा रोकिएको संवैधानिक नियुक्तिबारेको मुद्दाको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने र न्यायिक सुधारका विविध विषयमा छलफल भयो।’