अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका विराजले च्यासलको कप्तानी गर्ने

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन्। च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न महर्जनलाई एक वर्षका लागि अनुबन्ध गरेको हो।

अघिल्लो सिजन मछिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ। अनुभवी डिफेन्डर विराजले यसअघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन्।

यस्तै, च्यासलले स्कटल्यान्डका ली मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको छ। पछिल्लोपटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम गरेका लीलाई क्लबले नियुक्त गरेको हो।

सुझावित समाचार