भारतीय गाडीको ठक्करबाट भक्तपुरमा एकजनाको मृत्यु

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायकको सल्लाघारीमा गएराति भारतीय टेलर गाडीले ठक्कर दिँदा  बालकोटका ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको छ। 

राति साढे १० बजेतिर नगरकोट मोडतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प २५०१ नम्बरको मोटरसाइकल आरजे ०२ जिबी १९१७ नम्बरको १८ चक्के भारतीय टेलर गाडीले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

ठक्कर दिएपछि अस्पताल लैजाने क्रममा रजौराको बाटोमै मृत्यु भएको थियो। ठक्कर दिने गाडीका चालक भारत राजस्थानका ५० वर्षीय महादेव शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही मोटरसाइकलको पछाडि बसेका कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते रहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार