स्नोडेन्ट चुइंगमको ब्रान्ड एम्बेसडरमा लामिछाने

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

पर्फेक्ट फुड्स प्रालिले आफ्नो उत्पादन स्नोडेन्ट चुइंगमको ब्रान्ड एम्बेसडरका रूपमा क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ । कम्पनीले क्रिकेट खेलाडीका रूपमा रहेका सन्दीप लमिछानेले स्नोडेन्ट चुइंगमको विज्ञापन प्रचार–प्रसारमा सहयोग गर्ने गरी नियुक्त गरेको हो ।  

यो रिफ्रेसिङ मिन्टले भरिएको गम भएको कम्पनीले जनाएको छ । यसले मुखलाई रिफ्रेस बनाई सासलाई ताजा बनाउने कम्पनीको दाबी छ । कम्पनीले ‘स्नोडेन्ट इन, ब्याड ब्रेथ आउट’ भन्ने नाराका साथ बजारमा आएको जनाएको छ । 

मिन्ट तथा मौसमी फ्लेबरमा उपलब्ध यो चुइंगम पर्फेक्ट फुड्सको लोकप्रिय ब्रान्ड रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार