लमजुङ प्रहरीद्वारा भालुको पित्तसहित एक युवक पक्राउ

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले भालुको पित्तसहित एकजनालाई  पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका– १० का २७ वर्षीय दिनेश गुरुङलाई भालुको पित्त र आधा किलो निरमसीसहित पक्राउ गरेको हो । 

गुरुङलाई सोमबार बेँसीसहर नगरपालिका– ८ भीमसेनस्थानबाट सोमबार बा ७३ प ८७१० नम्बरको पल्सर मोटरसाइकलसहित  पक्राउ गरिएको हो । गुरुङलाई कारबाहीको लागि डिभिजन वन कार्यालय पठाइएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

सुझावित समाचार