राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर प्रतिनिधिसभा बैठक सकियो

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका छन् । दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराए । उनले राष्ट्रिय सभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका हुन् ।

बैठक प्रारम्भ हुनेबित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।

सुझावित समाचार