एन्टिजेन परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई जरिवाना

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले जरिवाना तिराएको छ । प्रशासनको टोलीले आइतबार अनुगमन गर्दा बढी शुल्क लिएको भेटिएको हो । 

प्रशासनले अस्पताललाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले एन्टिजेन परीक्षणको शुल्क एक हजार रुपैयाँ तोकिए पनि अस्पतालले बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरिएको बताए । 

अनुगमनका क्रममा पुल्चोकमा रहेको लबिङ मलमा रहेको डल्ले रेस्टुरेन्ट प्रालिलाई १० हजार जरिवाना तिराइएको छ । त्यस्तै, रोड हाउस पिज्जालाई १० हजार र लेभल ३ टेरेसा प्रालिलाई ५ हजार जरिवाना तोकिएको छ । ती पसलहरूले व्यवसाय दर्ता नवीकरण नगरेको, मूल्य सूची नराखेको भेटिएको थियो ।

सुझावित समाचार