मनाङको चार स्थानीय तहमा कांग्रेस नेतृत्व निर्विरोध चयन

शनिबार, ९ असोज, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांंग्रेसको १४औँ महाधिवेशनमा हिमाली जिल्ला मनाङका ४ वटै स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । ४ वटा गाउँपालिका रहेको मनाङको सबै स्थानीय तहमा सभापतिदेखि सदस्यसम्म सर्वसम्मत नेतृत्व चयन भएको हो । 

कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङका अनुसार नासों गाउँपालिकाको सभापतिमा वडा ८ का अध्यक्षसमेत रहेका हुपजंग गुरुङ सर्वसम्मत चयन भएका छन् । चामे गाउँपालिका सभापतिमा कांग्रेस जिल्ला कार्यसमिति सदस्यसमेत रहेका पेम्बा दोर्जे लामासहितको कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । 

नार्पाभूमि गाउँपालिकामा नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामा सभापतिमा निर्वाचित भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको  सभापतिमा जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका कान्छा गुरुङ चयन भएका छन् । 

कांग्रेस मनाङका सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणका विषयमा मनाङले उदाहरण पेस गर्दै आएको छ । 
 

सुझावित समाचार