फोटो जर्नलिस्ट क्लबको नयाँ कार्यसमिति गठन

शनिबार, ९ असोज, २०७८
डिजिटल संस्करण

फोटो जर्नलिस्ट (पिजे) क्लब नेपालको नयाँ कार्यसमिति गठन भएको छ । सिनामंगलस्थित पत्रकार महासंघको हलमा सम्पन्न क्लबको ११औँ साधारण सभाले सर्वसम्मत नयाँ पदाधिकारी चयन गरेको हो ।

क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ, उपाध्यक्षमा दीपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमल्सिना, सचिव अमुल थापा तथा कोषाध्यक्ष द्वारिका काफ्ले चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा विकास द्वारे, अंगद ढकाल, दीपेन श्रेष्ठ, स्कन्ध गौतम, लक्ष्मीप्रसाद नाखुसी, निशा भण्डारी र वर्षा शाह सर्वसम्मत चयन भएका छन् ।
 

सुझावित समाचार