करिश्माले भनिन् – गुडबाई १२, ब्याचलरमा भेटौँला

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

अभिनेत्री करिश्मा मानन्धर स्कुल जान थालेको समाचार चर्चाको विषय बनेको थियो । उनले स्कुल पढेर एसइई परीक्षामा मात्र पास गरिनन्, प्लस टूमा पनि भर्ना भइन् । आज मात्र उनको कक्षा १२ को परीक्षा सकिएको छ । ड्रेस लगाएर परीक्षा दिन जाँदै गरेका उनका तस्बिर समाजिक संजालमा भइरलसमेत भए । परीक्षा सकिएपछि मानन्धरले आफ्नो फेसबुकमा साथीहरूसहित तस्बिर पोष्ट गरेकी छिन्। विद्यालयको ड्रेस लगाएर साथीहरूसँग सामूहिक तस्बिरमा देखिएको उनले अब ब्याचलरमा भेट्ने बताएकी छिन्। अर्थात् उनको अध्ययन जारी रहने संकेत दिएकी छिन् । 
मानन्धरले फेसबुकमा लेखेकी छिन्, ‘गुडबाई १२, सबैलाई व्याचलरमा भेटौँला ।’ 
 

सुझावित समाचार