‘वनलाई समुदायबाट खोसेर सेनालाई बुझाउन खोजियो’

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वनलाई समुदायबाट खोसेर सेनालाई बुझाउन खोजिएको बताएका छन्। तुल्सीपुरमा आयोजित वन अधिकार सम्मेलनमा पाण्डेले जनताले जोगाएको वनलाई जनताबाट अलग गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन्।

समुदायको वन समुदायलाई नै जिम्मा लगाउनुपर्ने उल्लेख गर्दै वन महासंघका केन्द्रीय सल्लाहकारसमेत रहेका उनले सरकारले जैविक विविधता संरक्षणका नाममा सेनालाई बुझाउन लागिएको जिकिर गरे। ‘जनताले जोगाएको वनको जिम्मा जनतालाई नै लगाउनुपर्छ। तर, सरकारले बाघ, गैँडा, जैविक विविधता संरक्षणका नाममा सैनिकलाई बुझाउन खोज्दै छ,’ उनले भने, ‘यो नेपालको संविधानअनुसार मिल्दैन।’ 

शनिबारसम्म सञ्चालन हुने दुईदिने वन अधिकार सम्मेलनमा देशभरका सामुदायिक वन क्षेत्रका १५ सयभन्दा बढी प्रतिनिधि दाङ आउँदै छन्।

सुझावित समाचार