त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११:४५ बजे कार अनियन्त्रित भई सडकबाट झन्डै ३५ मिटर तल नदीमा खसेको हो ।   इच्छाकामना गाउँपालिका– ५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गबाट कार त्रिशूली नदीमा खसेकाे हाे । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका– १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

बेपत्ता हुनेहरूमा पोखरा महानगरपालिका– १७ निवासी अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल,  अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन् । कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।     

सुझावित समाचार