संघीय संसदबाट पारित संशोधित बजेट राष्ट्रपति कार्यालयमा, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

संशोधित बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन् । 


प्रतिनिधिसभाको ४ असोजको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक २०७८ बिहीबार राष्ट्रिय सभाको बैठकबाट पारित भएको थियो । 

राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका हुन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनमा आउनेछ । 

सुझावित समाचार