राप्ती प्रादेशिक अस्पताललाई फोहाेर व्यवस्थापन सामग्री हस्तान्तरण

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

दाङको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई फोहाेर व्यवस्थापन सामग्री सहयोग गरिएको छ। चीन सरकार र संयुक्त  राष्ट्रसंघीय विकास  कार्यक्रम (युएनडिपी)ले  चिकित्सा  तथा फोहाेर  व्यवस्थापनसम्बन्धी  आपूर्ति सामग्रीहरू सहयोग गरेका हुन्।

अस्पतालबाट  उत्पन्न हुने  फोहाेरको उचित व्यवस्थापन सुनिश्चित  गर्न अटोक्लेभ, सेग्रिगेसन ट्रली, इन्क्युबेटरलगायत स्वचालित लन्ड्री मेसिन सहयोग गरिएको हो। उक्त सामग्री प्रयोग गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम समेत प्रदान  गरिने बताइएको छ।

यसअघि अस्पतालको फोहाेर व्यवस्थापनमा चुनौती थियो । अब भने त्यो समस्या  अन्त्य हुने तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम  पाण्डेले बताए ।

सो  अवसरमा युएनडिपीका आवासीय  प्रतिनिधि आइसानी मेडागाल्गोडा वाबेले अव्यवस्थित स्वास्थ्यजन्य फोहाेरले कार्बनडाइअक्साइडको उत्सर्जनमा बढावाले पृथ्वीको तापक्रम बढने बताइन्। यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै आफूहरूले त्यसका लागि  सहयोग गरेको उनको भनाइ छ।

सुझावित समाचार