सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’का उत्कृष्ट १० प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारूप पार्ने (डिजाइनर)मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन्। बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन्। पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छिन्।
बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उनले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’ गरेका थिए। उनको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्यान्रड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो। प्रतियोगीहरूको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए।
सुन्दरी ग्यान्रड बेल्जियमजस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उनका श्रीमान् अर्जुन काफ्लेले बताए। यसपटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीया जोम्की तेन्जिनले जितेकी छिन्। रासस
बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली छनोट
सुझावित समाचार
अमेरिकाबाट पोडकास्टमार्फत दुई नेपाली कृति विमोचन
काठमाडौं/ अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गी…
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र
एडिलेड । आगामी मार्चमा अस्ट्रेलियाको एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ हुँद…
जिसिडी नेपाली प्रिमियर लिगको उपाधि गोर्खाली राइनोजलाई
संयुक्त अरब इमिरेट्स (युएई)को सारजाहमा सम्पन्न पहिलो ‘जिसिडी नेपाली क्रिकेट प्रिमियर लिग’को उपाधि जिसिडी गोर्खाली …
युएईमा गुन्जिँदै नेपथ्य
नेपथ्यले युएईको दुबई सहरमा लाइभ कन्सर्ट गर्ने भएको छ। युएईको व्यावसायिक संस्था इजी ग्रुपको आयोजनामा आगामी अक्टोबर ४ मा ‘न…
प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सम्पन्न, थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति
स्पेनको बार्सिलोनामा प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न महत्वपूर्ण…
ग्वान्झाओमा एनआरएनएको क्षेत्रीय सम्मेलन सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शनिबारबाट चीनको ग्वान्झाओमा सुरु भएको छ । प्रतिनिधिसभा…