अखिल क्रान्तिकारीको सम्मेलन एक हप्ता पछि सर्‍यो

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सरेको छ। यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

उनले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नुपरेको बताए। आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उनले बताए। क्रान्तिकारीको अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको  सम्मेलन र ६० वटा मात्र जिल्ला सम्मेलन भएका छन्। 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने राष्ट्रिय सम्मेलनमा आठ सय ९९ प्रतिनिधि सहभागी हुनेछन्। बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा हुनेछ। यसअघि क्रान्तिकारीले भदौ २६  मा विधान सम्मेलन गरेको थियो। विधान सम्मेलनले २३ पदाधिकारीसहित एक सय ९९ केन्द्रीय समिति हुने निर्णय गरेको थियो। ०७४ सालमा क्रान्तिकारीको २१औँ सम्मेलन भएको थियो। रासस

सुझावित समाचार