नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदै छ। यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो।
कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो। प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।
कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ। त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।
मंगलबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज सोमबार देशको हिमाली तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित…
आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि लुम्बिनीका स्थानीयद्वारा विरोध
भैरहवा । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि लुम्बिनीका स्थानीय आक्रोशित बनेका छन्। विवादित पात्र डोल्…
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
तातोपानी नाका आजदेखि तीन दिन खुला चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउ…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको…
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म…
तातोपानी नाका आजदेखि तीन दिन खुला
काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा…