लागुऔषधसहित एक युवक पक्राउ

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर– ४ स्थित नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा नाै ग्राम ब्राउनसुगरसहित सोही स्थानका १८ वर्षीय दिलबहादुर मगरलाई पक्राउ गरेको हो।

जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

See More On

सुझावित समाचार