मनाङमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

मनाङमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका  पाँच कैदीबन्दीको कैद  मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेका अनुसार अनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा नार्पाभूमि गाउँपालिकाका सोनाम लामा, कर्म ओङदेल लामा, नंगादावा लामा, ङिमाछोवाङ लामा, छोसोनम लामा रहेका छन् । उनीहरूलाई २० वर्ष सजाय तोकिएको थियो । 

उनीहरू ०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

सुझावित समाचार