ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

आइसिसी वर्ल्ड क्रिकेट लिग- २ मा नेपाललाई ओमानले एक सय २२ रनको लक्ष्य दिएको छ। मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप लामिछाने  र करण केसीले समाना चार–चार विकेट लिए। खेलमा शरद भेषावकरले दुई विकेट लिए। सन्दीपले ८.१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका थिए।

त्यस्तै, करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिए। घरेलु टोली ओमान ३७.१ ओभरमा एक सय २१ रनमा अलआउट भयो। ओमानका लागि जिशान मकसुदले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए। 

See More On

सुझावित समाचार