रेड पान्डाकाे छालासहित चारजना पक्राउ

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण
रेड पान्डाकाे छालासहित चारजना पक्राउ

फाइल फोटो

रेड पान्डाकाे छालासहित चारजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–८ खजुरास्थित होटेल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाइछिपाई राखेको कालो रङको हातेझोलाभित्र रातोखैरो रङको रेड पान्डाकाे छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो,’ उनले भने ।

प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरको एक स्थानबाट त्यहाँ ल्याएको र होटेलसम्म ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको उनले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थप कारबाही अघि बढाएको छ ।

सुझावित समाचार