भरुवा बन्दुकसहित एकजना पक्राउ

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण

मोरङको मिक्लाजुङ गाउपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ। आफ्नै  घरमा दुई नाल भरुवा बन्दुक लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बूमाथि प्रहरीले हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी  कारबाही अघि बढाएको छ ।

सुझावित समाचार