गणेशमान सिंहको २५औँ स्मृति दिवस : शोभाभगवतीमा माल्यार्पण कार्यक्रम सम्पन्न

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता गणेशमान सिहंको २५औँ स्मृति दिवसका अवसरमा शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माल्यार्पण कार्यक्रम सम्पन्न भएको हो।

सिंहका सुपुत्र तथा कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सिंहको सालिकमा उनका नेता प्रकाशमानलगायतले माल्यार्पण गरेर उनको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमानले आदर्शको राजनीतिलाई अवलम्बन गरेको उल्लेख गर्दै जनआन्दोलनका सर्वोच्च कमान्डर सर्वमान्य नेता र उनको राजनीतिक योगदानलाई सदैव स्मरण गर्नुपर्ने बताए।

२५औं स्मृति दिवसको अवसरमा कांग्रेसले विभिन्न कार्यक्रम गरी पहिलो जनआन्दोलनका सर्वोच्च कमान्डर तथा सर्वमान्य नेता सिहंको स्मरण गरिरहेको छ।

सुझावित समाचार