चोरी भएर भेटिएका मोटरसाइकल सवारीधनीलाई फिर्ता

शुक्रबार, १ असोज, २०७८
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरू सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले चोरी भई भेटिएका मोटरसाइकलहरू सम्बन्धित व्यक्तिहरूलाई  हस्तान्तरण गरेको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कुटर काठमाडौं उपत्यकाबाट फेला पारी सवारीधनीहरूलाई बुझाएको जानकारी दिए ।

प्रमुख एसएसपी भट्टराईले भने, ‘भेटिएका मोटरसाइकलहरू हस्तान्तरण गरेका छौँ र चोरसहित भेटिएका मोटरसाइकलहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने भएको कारण मुद्दा दर्ता गरेका छौँ । हराउने क्रम घटाउनलाई जोडबल दिनुपर्छ । यसमा हामी हाम्रो तर्फबाट लागिरहेका नै हुन्छौँ ।’

कार्यक्रममा सवारीचालकबाट घुस लिन अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

सुझावित समाचार