कांग्रेसले काठमाडौंको वडा अधिवेशन असोज ५ मा गर्ने

शुक्रबार, १ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले काठमाडौं जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने भएको छ। असोज ५ मा काठमाडौंका सबै  वडा अधिवेशन हुने भएको हो। आज निर्वाचन अधिकृतसहितको बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेको जानकारी दिएको छ।

कांग्रेस काठमाडौं  जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन प्रक्रिया सुरु गरेको हो। कार्यसमितिले शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी काम थालिएको जनाएको छ। काठमाडौंमा महानगरपालिकासहित ११ नगरपालिकामा  एक सय ३८ वडा रहेका छन्।
 

सुझावित समाचार